अमेरिकी ईतिहास कोर्दै सिनेटर कमला बनिन् उप राष्ट्रपति

|

अमेरिकी ईतिहास कोर्दै सिनेटर कमला ह्यारिस अमेरिकाको उप राष्ट्रपति पदमा निर्वाचित भएकी छिन् ,अमेरिकाको २४४ बर्षको ईतिहासमा पहिलो पटक यसरी उच्च पदमा पुग्ने कमला ह्यारिस प्रथम महिला हुने अवसर पाएकी हुन् ।

कमला देवी ह्यारिस भारतीय तथा जमैका मुलकी आमा बुवाकी छोरी हुन् । ५५ बर्षिय ह्यारिस राष्ट्रपतिकी उम्मेदवार रहेकी थिइन् भने ३६ बर्ष पछि अस्वेत महिला राष्ट्रपति पदमा उम्मेदवार बनेकी थिइन् ।

उनि क्यालीफोर्नियाकि पूर्व महान्यायाधीवक्ता पनि हुन् भने डेमोक्रयाटिकका थुप्रै बहसहरुमा कैयौ पटक अत्यन्तै प्रभावकारी प्रस्तुति दिएकी थिइन्।

गत नोभेम्बर ३ मा भएको नतिजा नोभेम्बर ७ शनिबारका दिन अन्तिम समयमा पेनसेलभेनियाको निर्वाचन परिमाणले डेमोक्रेटिक दलका राष्ट्रपति जो बाइडेनको बिजयी भए संगै ह्यारिसको जित भएको हो ।

२०७७ कार्तिक २२, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।