बाइडेन र कमलालाई प्रधानमन्त्री ओलीको बधाई

|

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएकोमा जो बाइडेनलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको छ ।

नव निर्वाचित राष्ट्रपति बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई पनि प्रधानमन्त्री ओलीले बधाई दिनुभएको छ । कमला ह्यारिस अमेरिकी इतिहाँसकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बन्नु भएको हो ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत नवनियुक्त राष्ट्रपति बाइडेनलाई बधाई ज्ञापन गर्नुभएको हो ।

बाइडेन र ह्यारिसलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ- हार्दिक बधाई तपाईँहरूको प्रभावशाली र ऐतिहासिक जीतमा । म हाम्रा दुई देशहरुबिच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु ।

२०७७ कार्तिक २२, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।