बि-ग्रुपद्धारा खजुरा वडा नं.४ र ८ मा स्वास्थ्य सामग्री वितरण

|

खजुरा / भेरी वातावरणीय विशिष्टता समुह (बि-ग्रुप)ले खजुरा गाउँपालिकाको वडा नम्बर ४ र ८ मा शनिबार बाल्टिन र साबुन वितरण गरेको छ । बि-ग्रुपले स्थानीय स्तरमा गएर कोरोना भाइरसबारे जनचेतना जगाउँदै स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ । कोभिड १९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न र संक्रमणको बेला सावधान अपनाउनको लागि सहयोग गर्ने उद्देश्यले साबुन र बाल्टिन वितरण गरिएको बि-ग्रुपले बताएको छ । आर्थिक अवस्था कमजोर भएका बिपन्न वर्ग र समस्यामा परेका स्थानीयलाई सहयोग गरेको स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजनाका कार्यक्रम संयोजक प्रकाश शर्माले बताउनु भयो ।

खजुरा गाउँपालिकाको वडा नम्बर ४ मा १ सय ८५ जनालाई र ८ नम्बर वडामा १ सय ७७ जनालाई वितरण गरिएको हो । शनिबार एक कार्यक्रमका बिच वडा नम्बर ४ का वडा अध्यक्ष तिलकबिर सुनार र वडा नं.८ का वडा अध्यक्ष फिरोज खानले स्थानीयलाई सहयोग सामाग्री प्रदान गर्नु भएको थियो । अध्यक्षद्धय सुनार र खानले बि-ग्रुपको सहयोग वडाका विपन्न जनतालाई सहयोग पुगेको र ब्यवहार परिवर्तनमा सहयोग पुगेको बताउनु भयो । बि-ग्रुपले यसअघि खजुरा गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सहयोग गर्ने स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ । वितरण गरिएको स्थानमा छुटफुटलाई पुन वितरण गर्ने योजना रहेको बि-ग्रुपले बताएको छ ।

यसअघि बि-ग्रुपले वडा कार्यालय र गाउँपालिका कार्यालयलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ । कोभिड–१९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न सहयोग गर्ने उद्देश्यले अक्सफामको साझेदारीमा संचालन गरेको ‘स्वच्छता लागी व्यवहार परिवर्तन परियोजना’ स्वास्थ्य सामाग्री सहयोग गरिएको कार्यक्रम संयोजक प्रकाश शर्माले बताए । बि-ग्रुपले यसअघि गाउँपालिका र वडा कार्यालयलाई हात धुनका लागि प्रयोग गरिने १ हजार लिटर क्षमताको स्टीलको ट्यांकी दुइ थान, ह्यान्डवास लिक्वीड १ सय ७८ थान, ३२ इन्चको एक थान टेलिभिजन, पाँच लिटर क्षमताको एक थान अटोमेटिक स्यानिटाइजर मेसिन, ३० लिटरको ६ थान जर्किन स्यानिटाइजर, २ सय लिटरको ४० जर्किन हाइड्रो क्लोराइड र १६ लिटर क्षमताको एक थान हाइड्रो क्लोराइड स्प्रे ट्यांकी लगायतका सामाग्री प्रदान गरेको थियो ।

स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजनाका कार्यक्रम संयोजक प्रकाश शर्माले कोरोनाबाट बच्नका लागि जनचेतना जगाउने उद्देश्यले विपन्न वर्ग र कोरोना भाइरसको संक्रमणलाई कम गर्न लागि परेको स्थानीय तह, स्वास्थ्यकर्मीलाई सहयोग होस भन्ने लक्ष्यले सहयोग गरिएको जानकारी गराउनु भयो । स्वच्छताका लागी व्यवहार परिवर्तन परियोजना कार्यक्रम खजुरा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ८ मा संचालन भैरहेको बि-ग्रुप जनस्वास्थ्य प्रवद्र्धन अधिकृत दुर्गा पन्थीले जानकारी दिनुभयो ।

२०७७ कार्तिक २२, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।