बाँके, बर्दिया जोड्ने सडक चाँडै बन्छ : सांसद नन्दलाल रोकाय

|

नेपालगन्ज /  बाँके र बर्दिया जोड्ने रणनीतिक सडक निर्माणको काम चाँडै शुरु हुने संघीय सांसद नन्दलाल रोकायले बताएका छन् । उनले सो सम्बन्धमा बाँके र बर्दियास्थित बढैयातालका जनप्रतिनिधिसंग बृहद छलफल गरी त्यहाँका नागरिकहरुलाई आश्वस्त पारे । नेपालगन्ज परसपुर- गौघाट,बढैयाताल – १ र २ न वडा हुँदै कण्ठीपुर बर्दिया गुलरिया २२ किमि सडक निर्माणका बारेमा छलफल भइरहेको हो ।

बढैयाताल गाउँपालिका वडा न-२ फुटाहामा गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, वडा न-१ कार्यबाहक वडाध्यक्ष सँगिता रोकाय, वडा न-२ कार्यबाहक वडाध्यक्ष भुपाल सिँह लामा लगायत अगुवा वडाबासी सहितको भेलामा सडक निर्माण सांसद रोकायले आफ्नो धारणा राखेका हुन ।

उनका अनुसार डिपिआर तयार भइसकेको र बाताबरणीय प्रभाव मुल्यांकनको काम अन्तिम चरणमा रहेको जानकारी दिए । रणनीतिक सडक भएको हुँदा आफ्नो पहलकदमीमा २ करोड ५० लाखको काम बाँकेमा र २ करोड ५० लाखको काम बर्दियामा भइरहेको बताए ।

रोकायले भइरहेको कामको अगुवा सहित अनुगमन गरेका थिए ।सडकमा दुबै तिर नाला बन्ने गरि स्तरीय पक्की सडक बन्न डिपिआर तयार भइरहेको खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार तथा नेकपा जिल्ला कमिटी बाँके सदस्य भिम ओलीले बताए ।

२०७७ कार्तिक २१, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।