ठुलो परिमाण अफिम सहित एकजना पक्राउ

|

नेपालगन्ज / जिल्ला प्रहरी कार्यालय बाँकेले ठुलो परिमाणमा अफिम सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीको लागु औषध नियन्त्रण व्युरो तथा बाँके प्रहरीको टोलिले विहिबार खजुरा गाउँपालिका ८ रनियापुरवाट १० किलो चारसय ग्राम अफिम सहित चुनिचाँदे गाउँपालिका २ जाजरकोटका ३७ बर्षिय तिलक बहादुर शाहिलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीले बोकेका रातो रंगको झोलामा सेतो प्लाष्टिकमा भित्र ११ वटा पेटि बनाई राखेको अवस्थामा पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । लागु औषध सहित पक्राउ परेका शाहीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गर्दै उनीमाथीको अनुसन्धान प्रकृया अघि बढेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम बहादुर रानाले जानकारी दिए ।

त्यस्तै प्रहरीले भारतवाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको वेवारीसे अवस्थामा फेला पारेको ठुलो मात्राका पटाका बरामद गरेको छ । भारतको रुपैडिहा हुँदै जमुनाहा ल्याउँदै गरेको ५ लाख मुल्य बराबरको ९ पेटी पटाका बरामद गरेको हो । प्रहरीले उक्त पटाकाको मुचुल्का गरी शुक्रबार नष्ट गरेको छ । 

२०७७ कार्तिक २१, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।