बाँकेमा कोरोना संक्रमित एक जनाको मृत्यु

|

बाँके/कोरोनाका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । कोरोनाका कारण बाँके राप्तीसोनारी गाउँपालिका वडानम्वर ८ शम्शेरगञ्जका ४८ बर्षिय पुरुषको मृत्यु भएको हो ।

उनकोे उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।कोभिड १९ का फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, बिरामी श्वास प्रश्वासमा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए । कोरोनाको आशंकामा उनको कार्तिक २ गते पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणबाट उनमा कोरना संक्रमण रहेको पुष्टि कार्तिक ३ गते भएको थियो ।

श्रेष्ठका अनुसार, उनको अवस्था अनुसार उपचार हुँदा, हुँदै स्वास्थ्यमा सुधार नआएपछि शुक्रवार साँझ ५.२० बजे निधन भएको थियो । उनसँगै कोरोनाका कारण बाँकेमा मृत्यु हुनेहरुको संख्या ३५ पुगेको छ ।

२०७७ कार्तिक २१, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।