पछिल्लो २४ घन्टामा २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं। पछिल्लो २४ घन्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ४ हजार ५ सय जना कोरोना मुक्त भएका छन् ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ । संक्रमित मध्ये १ लाख ५२ हजार ९ सय ८ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना मुक्त हुनेको संख्या अब नेपालमा १ लाख ५२ हजार ९०८ पुगेको छ । यो भनेको कुल संक्रमितमध्ये निको हुनेदर ८० प्रतिशतभन्दा बढी हो ।

मन्त्रालयको बुलेटिनमा जनाइएअनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७० पुगेको छ । कुल संक्रमितमध्ये मृत्युदर भने ०.६ प्रतिशत रहेको छ । यसैगरी नेपालमा आजसम्म सक्रिय संक्रमित संख्या ३४ हजार ९०५ रहेको छ । यस्तै विभिन्न जिल्लामा अहिले पनि १२ सय ५४ जना क्वारेन्टाइनमा रहनु भएको छ ।

२०७७ कार्तिक २१, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।