नेपालीहरुको टिपिएस बारे नयाँ जानकारी

|

नेल्सन विरुद्ध रामोस/भट्टराईको मुद्दामा हाम्रो पक्षको कानुनी टोलीले पुरा बेन्चको सुनवाईको माग राखेर गर्न पाउने अपिल को लागि आवेदन दिन १ महिनाको लागि थप म्याद पाएको छ। पहिले यो म्याद अक्टुबर महिनाको अन्त सम्म थियो।

यसको माने, नेपालको टिपिएस को म्याद पनि अब एक महिना थपिएर मार्च ५, २०२१ देखि अप्रिल ५, २०२१ सम्म सरेको छ।

हाम्रो लागि सबभन्दा नराम्रो परिस्थितिमा पनि अब हाम्रो टिपिएस अप्रिल ५, २०२१ सम्म जारी रहने छ,नोभेम्बरको अन्त तिर अपिल हाले पछि अदालतले छिटो भनेको डिसेम्बर ७,२०२० सम्ममा जवाफ दिने अनुमान गरिएको छ।

वादीको दुईटै पक्ष र सरकार बीच भएको अग्रिम सम्झौता अनुसार, अदालतले नोभेम्बर २०,२०२० सम्म कुनै निर्णय दिन नसकेको खण्डमा USCIS ले टिपिएस र काम गर्ने अनुमति पत्र (वर्क पर्मिट) को म्याद जनवरी ५, २०२१ देखि लागु हुने गरि थप नौ महिनाको लागि स्वत: लम्ब्याउनु पर्छ।

जस अनुसार टिपिएस र काम गर्ने अनुमति पत्र (वर्क पर्मिट) को नयाँ म्याद अक्टूबर,२०२१ सम्म हुनु पर्छ।

यसबारे USCIS ले नोभेम्बर २० तारीखको वरिपरि सुचना जारी गर्ने अनुमान गरिएको छ।

(अधिकार को फ़ेसबुक पेजबाट साभार गरिएको)

अन्य जानकारीको लागी हेर्नुहोस् (द वल्ड नेपाल न्यूज )

२०७७ कार्तिक २०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।