नेपाल युवा परिषदबाट “एक ब्यक्ति एक बिरुवा“ अभियान सन्चालन हुदै

|

बुटवल / बिश्व वातावरण दिवस अर्थात जुन ५ को अवसरमा नेपाल युवा परिषद, रुपन्देही शाखाको आयोजना तथा नेपाल युवा परिषद प्रदेश नं.५, युथ क्यान र तुनजा ईको जेनेरेशनको सहयोगमा “एक ब्यक्ति एक बिरुवा“ अभियानलाई ब्यापक ढंगले अधि बढाउने अनलाइर्न बैठक बसी निर्णय गरिएको छ । सो “एक ब्यक्ति एक बिरुवा“ अभियान नेपालमा लकडाउनको अवस्थामा सामाजिक दुरी कायम गरि सो अभियान सन्चालन गर्न स्मृति ज्ञवाली, सन्ध्या अधिकारी,समिक्षा पाण्डे र मिना पाण्डेले अभियानलाई अगाडि बढाउनु भएको नेपाल युवा परिषद, रुपन्देही शाखाका अध्यक्ष कुशल डुम्रेले जानकारी दिनुभयो । फोटो सामाजिक सन्जालमा हालेर अन्य युवाहरुलाई अभिप्रेरित गर्न मात्र फोटो खिच्ने कार्यक्रम राखिएको अध्यक्ष कुशल डुम्रेले जानकारी दिनुभयो । सो अभियानलाई नेपाल युवा परिषदमा आबद्ध हुनुभएका सम्पुर्ण साथिहरु साथै अन्य सबै सम्पुर्ण साथीहरुले बिरुवा रौप्न सक्नेछन् । नेपाल युवा परिषद, रुपन्देही शाखाका महासचिव अभिषेक त्रिपाठीले वातावरण संरक्षण गर्नमा युवाहरुको सहभागिता हुनु पर्ने बताउनुभयो ।
नेपाल युवा परिषद, प्रदेश नं. ५का संयोजक सोम गुरुङले बिश्व वातावरण दिवसको अवशरमा सम्पुर्ण युवाहरुलाई आफनो घर, आँगनमा विरुवा लगाई वातारण संरक्षणमा लाग्न आग्रह गर्नुभयो । साथै आफुले रोपेको विरुवासँग फोटो खिच्न र छोटो भिडियो बनाउन समेत आग्रह गरिएको छ । साथै सो फोटो र भिडियोलाई नेपाल युवा परिषद, रुपन्देही शाखाको ईमेल nepalyouthcouncilrupandehi@gmail.com  मा पठाउन सक्नुहुनेछ । फोटो र भिडियोलाई नेपाल युवा परिषदको वेभसाईटमा पनि राखिनेछ । नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाले यो अभियानलाई सम्पूर्ण युवा साथीहरुले साथ दिई सफल बनाउन आग्रह गर्नु भयो ।

२०७७ जेष्ठ २०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।