मिसिगनमा जो बाइडेन बिजयीसंगै २५३ निर्वाचकीय मत प्राप्त, जित सुनिश्चित

|

ताजा जानकारी अनुसार डेमोक्रेटका जो बाइडेन मिसिगनमा पनि बिजयी भएका छन् । उनले रिपब्लिकन दलका प्रतिद्वन्धि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउदै अर्को महत्वपूर्ण राज्यमा जित हासिल गरेका हुन् ।

बाइडेन एरिजोना र नेभादामा अझ अगाडी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प जर्जिया र पेनसेलभेनियामा अझ पनि अगाडी रहेका छन् ।

बाइडेनले २६ लाख ७२ हजार ८ सय ९६ अर्थात् ४९.८ प्रतिसत मत प्राप्त गरि उक्त राज्यमा बिजयी हासिल गरेका हुन् । ट्रम्पले २६ लाख ११ हजर ६ सय ५९ मत अर्थात् ४८.६ प्रतिसत मत हासिल गरेका छन् ।

मिसिगन बिजयीसंगै उनले निर्वाचकीय मत (ईलेकटोरल भोट) १६ प्राप्त गर्दै कूल २५३ निर्वाचकीय मत प्राप्त गरेका छन् ।

हाल सम्म ट्रम्पको पक्षमा निर्वाचकीय मत २१३ प्राप्त गरेका छन । राष्ट्रपति हुन् कूल २७० निर्वाचकीय मत ल्याएमा राष्ट्रपति हुनेछन् ।

नोभेम्बर ३ को चुनाव सम्पन्न पछि ट्रम्पले मिसिगन र विस्कनसिनमा अग्रता लिएका थिए भने २४ घण्टा पछि बाइडेन अग्रिम रुपमा आईरहेका छन् । लगभग बाईडेनको जित सुनिश्चित छ भन्ने विषया डेमोक्रेटहरु ढुक्क छन् ।

श्रोत : सिबीएस/सिएनएन/एनबिसी

२०७७ कार्तिक १९, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।