कोरोनाका कारण पछिल्लो २४ घन्टाभित्र ३० जनाको दुःखद निधन

|

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घन्टाभित्र ३० जनाको दुःखद निधन भएको छ । यो संख्या एकै दिन मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा बढी हो । यो संख्यासहित नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ३४ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा भने आज पनि कोरोना संक्रमितको संख्या पुनः बढेको छ । २४ घन्टाभित्र उपत्यकामा १८ सय ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यो संख्या पनि दशैंपछि संक्रमित बढ्ने क्रमको बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सो अवधिमा काठमाडौंमा १५ सय ७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो ३ दिन आइतबार, सोमबार र मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा ३७ हजार ७ सय ५६ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमा ९ हजार ३५६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । सोही अवधिमा कोरोनालाई जितेर ९ हजार ९१२ जना डिस्चार्ज भएका छन् ।

२०७७ कार्तिक १९, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।