भारतीय चर्चित पत्रकार अर्नब गोस्वामी पक्राउ

|

एजेन्सी । भारतीय चर्चित पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान सम्पादक गोस्वामीलाई मुम्बइ पुलिसले आज पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोस्वामीमाथि अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । मुम्बइ पुलिसले अर्नबको घरको खानतलासी पनि गरेको भारतीय मिडियाले जनाएका छन् ।

डिजाइनर अन्वय नाइककी छोरी आज्ञाले बाँकी पैसा गोस्वामीले नदिएका कारण आफ्ना बाबु र हजुरआमाले आत्महत्या गर्न बाध्य भएको बताएकी छन् । सुसाइड नोटमा पनि नाइकले आफूले पाउनुपर्ने ५ करोड ४० लाख भारतीय रुपैयाँ नपाएपछि आत्महत्या गरेको उल्लेख छ ।

२०७७ कार्तिक १९, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।