कालीकोटमा जिप दुर्घटना हुँदा व्यापारिको मृत्यु

|

कालिकोट / मंगलवार कालीकोटमा जिप दुर्घटना हुँदा व्यापारिको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका १ लालीघाट बजार नजिकै खाद्यान्न बोकेको जिप मंगलबार दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ कालीकोटका व्यापारी डबल शाहीको मृत्यु भएको हो ।
लालीघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर गएको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जिप व्यापारी शाहीले नै चलाएका थिए। जिप सडकदेखी करिब तीन सय मिटर तल खस्दा शाहीको घटनास्थलमै मृत्यु भएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले जानकारी दिनुभयो ।

२०७७ जेष्ठ २०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।