नागमणी दिने भनि ठगी गर्ने तीन जना व्यक्तिहरु प्रहरीको फन्दामा

|

बाँके/नागमणी दिने भनि ठगी गर्ने तीन जना व्यक्तिहरु प्रहरीको फन्दामा परेका छन् ।नागमणी दिने भन्दै दाँगबाट एक करोड उनानव्वे लाख पचास हजार रकम लिई ठगी गरेका उनीहरु बाँके प्रहरीको फन्दामा परेका हुन् । ठगिको अभियोगमा बाँके प्रहरीले दैलेख नौमुले गाउँपालिका वडा नम्वर ४ का धन बहादुर रोका, सल्यान कुमाख गाउँपालिका वडा नम्वर ५ का कृष्ण शाह र शारदा नगरपालिका वडा नम्वर ९ बस्ने डिल्ली बहादुर बोहरालाई बाँके प्रहरीले नेपालगञ्जमा पक्राउ गरेको हो ।

उनीहरुले घोराही उपमहानगरपालिका वडा नम्वर १७ निवासी माधव प्रसाद घिमिरलाई आफुहरुसँग बहुमुल्य नागमणी भएको उल्लेख गर्दे नागमणि आफुसाथ राख्दा यसको धार्मिक महत्व हुनुका घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घर परिवारमा सुख, शान्ती, सम्बृद्धी हुने भन्दै ललाई फकाई गरि एक करोड उनानव्वे लाख पचास हजार रकम लिई फरार भएका थिए ।

पीडित घिमिरेको जाहेरीका आधारमा बाँके प्रहरीले कार्तिक १५ गते नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर १ बाट उनीहरुलाई चालिस लाख रकम सहित पक्राउ गरेको बताईएको छ ।मुलुकी फौजदारी कार्यबिधी संहित २०७४ को दफा २४९ अनुसार ७ वर्ष सम्म कैद र ७० हजार सम्म जरिवाना हुने व्यवस्था बमोजिमको मुद्धा उनीहरुलाई चलाईने प्रहरीले जनाएको छ ।

२०७७ कार्तिक १८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।