एक करोड रुपैयाँ सहित हुन्डीको नाइके पक्राउ

|

काठमाडौं । हुन्‍डीको अवैध बाटो मार्फत कारोबार भएको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी)को टोलीले ओमबहालबाट हिजो साँझ उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट एक करोड रुपैयाँ बरामद भएको सीआईबी प्रमुख (डीआईजी) सहकुल थापाले जानकारी दिए। पक्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल छन् र यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२०७७ कार्तिक १७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।