राष्ट्रपतिय निर्वाचनमा कस्ले मार्ला त बाजी ?

|

विश्वको शक्ति राष्ट्र अमेरिकामा मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी उम्मेदवार जो बाइडनको बीचमा प्रतिस्पर्धा हुँदैछ र सबैजनाले विभिन्न सामाजिक संजालमा आ -आफ्नै खालको प्रतिक्रिया हरु गरिरहेका छन् ।

अहिले सम्मके मत सर्वेक्षण अनुसार अहिलेसम्म विपक्षी उम्मेदवार बाइडन राष्ट्रपति ट्रम्पभन्दा अगाडि छन् । तर, पछिल्लो केही दिनमा भने ट्रम्पका समर्थकको संख्या पनि बढेको छ ।

यद्यपि मत सर्वेक्षणले निर्वाचनको बारेमा अनुमान लगाउन भने सकिँदैन । अमेरिकामा समग्र खसेको मतभन्दा पनि इलेक्टोरल भोट महत्वपूर्ण हुन्छ । सन् २०१६ मा भएको निर्वाचनमा पनि डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले ट्रम्पले भन्दा करिब ३० लाख बढी भोट ल्याएकी थिइन् । तर, इक्लेक्टोरल भोटमा उनी पछि परिन् । जसको कारण ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए ।

यसपटकको लडाइँ त्यति सहज भने छैन,अमेरिकाका केही महत्वपूर्ण राज्यको नतिजाले को राष्ट्रपति बन्छ भन्ने कुराको निर्क्योल गर्छ साथै सामाजिक सञ्जालमा बाइडेनको समर्थनमा धेरै नेपालीहरु देखिएका छन् ।

अमेरिकामा राष्ट्रपति बन्न २७० इक्लेक्टोरल भोट ल्याउनुपर्ने हुन्छ । यदि ट्रम्पले यसपटकको निर्वाचनमा पेन्सोवेनियामा जित हात पार्दै नर्थ क्यारोलिनाका साथै ओरजोना, जर्जिया र ओहायोमा आफ्नो नियन्त्रण कायम गर्न सकेको खण्डमा उनी सन् २०१६ मा जस्तै सहजै दोस्रो कार्यकालका लागि निर्वाचित हुन सक्नेछन् भन्ने अनुमानहरु बाहिर आईरहेका छन् ।

यदि उनले फ्लोरिडामा हारे भने उनको लागि दोस्रोपटक राष्ट्रपति बन्नु निकै कठिन हुन्छ ।

२०७७ कार्तिक १७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।