फिलिपिन्समा फेरी पनि ठुलो समुद्री आँधी

|

फिलिपिन्स यस वर्षकै सबैभन्दा ठूलो समुद्री आँधीको समस्यामा परेको छ । फिलिपिन्समा आएको गोनी समुद्री आँधीका कारण अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ ।

आँधीबाट धेरै घरहरु भत्किएका छन् भने केही स्थानमा पहिरो गएको छ । यो समुद्री आँधीका कारण प्रतिघण्टा २२५ किलोमिटरको गतिमा हावा र भारी वर्षा भएको छ ।

सन् २०१३ मा आएको हैयान समुद्री आँधीपछिको गोनी फिलिपिन्सको लागि सबैभन्दा शक्तिशाली समुद्री आँधी हो । हैयान आँधीको कारण फिलिपिन्समा ६ हजारभन्दा धेरैको मृत्यु भएको थियो ।

अहिले बिस्तारै यो आँधी कमजोर बनेको भए पनि अझै ठूलो आँधी र वर्षा हुन सक्ने चेतावनी मौसमविद्हरुले दिएका छन् ।

अधिकारीहरुले दिएको जानकारीअनुसार अहिलेसम्म तीन लाख ४७ हजार मानिसहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।
आँधी आउनुभन्दा पहिला फिलिपिन्सले १० लाख मानिसहरुलाई उद्धार गर्नु जरुरी रहेको बताएको थियो । कोरोना भाइरस (कोभिड–१९) को कारण उद्धारकार्यमा कठिनाइ भइरहेको उनीहरुले बताएका छन् ।

स्रोत : बीबीसी

२०७७ कार्तिक १६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।