कोरोना संक्रमित ७० वर्षीय पुरुषको मृत्यु

|

बाँके / नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका वडा नं। ४ निवासी ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कात्तिक ११ गतेदेखि नै आइसियूमा उपचार भइरहेका ती वृद्धमा १२ गते बेलुका मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। स्वासप्रश्वासमा समस्या देखिएका उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको हो।

योसँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जना र बाँके जिल्लाका मात्रै ३० जनाको कोरोनाले मृत्यु भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।

२०७७ कार्तिक १५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।