थप २८८ जनामा कोरोना संक्रमण

|

काठमाडौं /  नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार पुगेको छ । विभिन्न जिल्लामा थप २ सय ८८ जनामा कोरोना संक्रमण भएसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा थप २ सय ८८ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । संक्रमितहरुको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ ।
संक्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्‍वारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेका छन् ।

त्यसैगरी दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौटहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनाको संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख १६ हजार ३४५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ७५ हजार ३ सय ४३ परीक्षणहरु गरिएका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

२०७७ जेष्ठ २०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।