भक्तपुरमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याउदैछौ-सांसद बस्नेत

|

भक्तपुरको जगातीस्थित भक्तपुर इँटा टायल कारखानामा निर्माणाधीन अस्थायी कोभिड अस्पतालको भक्तपुरका सांसद महेश बस्नेतले निरीक्षण गरेका छन् ।

उपत्यकामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि सांसद बस्नेत र सूर्यबिनायक नगरपालिकाले उपत्यकामै पहिलोपटक आफ्नै पहलमा भेन्टीलेटर र आईसीयूसहितको ५० शैय्याको अस्थायी अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।

सांसद् बस्नेतको निर्वाचन क्षेत्र विकास कोष र सूर्यबिनायक नगरपालिकाको साझेदारीमा १ करोड ५० लाखमा निर्माण हुन लागेको हो ।

उक्त निर्माणाधीन अस्पतालको निरीक्षण गर्दै सांसद बस्नेतले तिहार लगत्तै ५० शैयाका साथ सञ्चालनमा आउने बताए।

उक्त अस्थायी अस्पताल निर्माणका लागि नगरपालिका, वीरदल गणका प्राविधिक टोलीसहित निरीक्षणका लागि पुगेका सांसद बस्नेतले सोही ठाउँमास्थायी संरचनाका साथ नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याइने समेत जानकारी गराए ।

उपत्यकामा दिनप्रतिदिन बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणका कारण भक्तपुर क्षेत्र नं. २ का सांसद एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको अगुवाईमा उक्त स्थानमा तत्काका लागि अस्थायी कोभिड अस्पताल सञ्चालन हुने भएको हो ।

उपत्यकामा दिन प्रतिदिन काेराेना भाइरस(काेभिड-१९) काे संक्रमण सगै विरामीहरु उपचारबाट बन्चित हुन नपराेस् भन्ने उध्येश्यका साथ निर्वाचन क्षेत्र विकास काेष (सांसद काेष) र सूर्यविनायक नगरपालिकाकाे साझेदारीमा विनियाेजित रु १ कराेड ५० लाखकाे लागतमा निर्माण हुन लागेको सांसद बस्नेतले जानकारी गराएका छन् ।

२०७७ कार्तिक १३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।