नरैनापुर गाउँपालिकाद्वारा मोहम्मद डेमा सार्वजनिक विदा

|

नरैनापुर(बाँके) । बाँकेको नरैनापुर गाउँपालिकाले मोहम्मद डेमा सार्वजनिक विदा दिएको छ । भोलि (शुक्रबार) कार्तिक १४ गते परेको मोहम्मद डेमा सार्वजनिक विदा दिइएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तिलाई इस्लाम धर्माबलम्बीहरुले धुमधामका साथ मनाउने गर्दछन् । गाउँपालिकाका अध्यक्ष शाहले एक शुभकामना सन्देश दिँदै भन्नुभएको छ, “विश्वलाई शान्ति र अहिंसाको बाटोमा लान मोहम्मद हजरत पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गदछौं ।”

मोहम्मद डेका अवसरमा भोलि गाउँपालिकामा सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताउनुभयो । गाउँपालिकाले गत बर्ष पनि सार्वजनिक विदा दिएको थियो । नरैनापुर मुस्लिम समुदायको बाक्लो बसोबास रहेको क्षेत्र हो ।

२०७७ कार्तिक १३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।