फ्रान्स र जर्मनीमा कडा लकडाउन हुने

|

फ्रान्स । कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि  युरोपेली मुलुकहरु फ्रान्स र जर्मनीमा दोस्रो चरणको बन्दाबन्दी हुने भएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले कोरोना संक्रमित संख्यामा दैनिक वृद्धि भएपछि दोस्रो चरणको लकडाउनको घोषणा गर्नु भएको हो ।

शुक्रबारदेखि लागु भई कम्तिमा पनि नोभेम्बरको अन्त्यसम्म गरिने बन्दाबन्दीमा मानिसहरुलाई अत्यावश्यक काम र स्वास्थ्य प्रयोजनको लागि बाहेक घर बाहिर निस्किन निषेध गरिएको छ ।

युरोपेली देशहरुमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएएता फ्रान्समा मृत्युदर अहिलेसम्मकै उच्च रहेको छ । 

२०७७ कार्तिक १३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।