संचारकर्मी रवि लामिछाने पनि कोरोना संक्रमित 

|

काठमाडौं । न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम संयोजक तथा प्रस्तोता रवि लामिछाने पनि कोरोना संक्रमित भएका छन् । 

लामिछानेले आफ्नो फ़ेसबुक मार्फत आफु र श्रीमती निकिता पौड्याल कोरोना सक्रमित भएको जानकारी गराएका छन् ।

गत मंगलबार रातिबाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा  दुबै मा कोरोना पोजेटिभ देखिएको छ तर दुबैको स्वास्थ भने सामान्य रहेको छ भन्दै फ़ेसबुक स्ट्याटस मार्फत कोरोनालाई लापरवाही नगर्न समेत उनले अनुरोध गरेका छन् ।

२०७७ कार्तिक १२, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।