बाँकेमा थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

|

बाँके / बुधबार बाँकेका थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बुधबार बाँकेका विभिन्न स्थानका १६ महिला र २० पुरुष गरी ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।

श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा २८ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ८ गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सङ्गै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ४० पुगेको छ । संक्रमितमध्ये ३० जनाको ज्यान गइसकेको छ भने, २ हजार ६७८ जना निको भएर डिस्चार्ज भइसकेका छन । जिल्लामा सक्रिय संक्रमितको संख्या ३३२ पुगेको छ ।

२०७७ कार्तिक १२, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।