
काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई बुधबार कोरोना भाइरसको संक्रमण देखिएको छ ।मुख्यसचिव बैरागीलाई बुधबार साँझ आएको स्वाब नमुना परीक्षणको रिपोर्ट पोजेटिभ आएको आफ्नो सामाजिक सञ्जालमा ट्वीट गरेर जानकारी गराउनु भएको छ उहाँले आफूसित प्रत्यक्ष सम्पर्कमा आएका महानुभावलाई सतर्कता रहेर बस्न आग्रहसमेत गर्नुभएको छ ।