स्वास्थ्य मन्त्रालयले कोरोनाको दैनिक ‘प्रेस ब्रिफिङ’ नगर्ने

|

काठमाडौं । कोरोना भाइरसको संक्रमणका बारेमा जानकारी दिने नियमित प्रेस ब्रिफिङ  दैनिक नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार अब आइतबार र बुधबार दिउँसो ४:१५ बजेमात्रै प्रेस ब्रिफिङ राखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अब हप्ताको दुई दिनबाहेक अन्य दिन प्रेस ब्रिफिङ नहुने जानकारी दिए । उनका अनुसार दैनिक नेसनल अपडेट अब नगरेर आइतबार र बुधबारमात्रै गरिने जानकारी दिए ।

२४ घन्टाको अपडेटलाई भने दैनिक ४:३० बजे वेभसाइट, फेसबुक, भाइबर र मोबाइल एप्समार्फत जानकारी गराउने गौतमको भनाइ छ ।

२०७७ कार्तिक १२, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।