पछिल्लो २४ घण्टामा थप १५ जना कोराना सङ्क्रमितको मृत्यु

|

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ८६२ पुगेको छ। 

नेपालमा कोराना सङ्क्रमणबाट हिजो (आईइतबार) ५जनाले ज्यान गुमाएका थिए। नेपालमा कोरोनामुक्त एक मात्र जिल्ला मुस्ताङ्ग रहेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सुर्खेत, नवलपरासी (पुर्व), कास्की, दाङ, बाँके, कैलाली, रुपन्देही, झापा, सुनसरी र मोरङ जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप एक हजार ७४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या एक लाख ५९ हजार ८३० जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। आजै चार हजार ५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। हाल नेपालमा ४३ हजार २९३ जना सक्रिय सङ्क्रमित रहेका छन् भने एक लाख १५ हजार ६७५ जना निको भएका छन्।  

२०७७ कार्तिक १०, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।