माटोबाट निर्माण भएका पहिलो पसल ” हाउस अफ क्ले ” काे शुभारम्भ

|
नेपालगन्ज / पश्चिम क्षेत्रकै प्रमुख व्यापारिक केन्द्र नेपालगन्जमा विकासको गति आफ्नै रफ्तारमा चलेसंगै नयाँ उद्योग र व्यवसाय खुल्नेक्रममा वृद्धि हुँदैछ । विशेष गरेर युवासाथीहरु उपमहानगरलाई केही नयाँ र फरक स्वाद पस्कने जमर्कोमा लागिरहेका छन् 
यसैबीच आज नेपालगन्जमा माटोबाट निर्माण भएका भाँडाहरुको पहिलो पसल ” हाउस अफ क्ले ” काे शुभारम्भ भएको छ । एक कार्यक्रमबीच पूर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राई र नेपालगन्ज मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा. बिनोद कर्णले संयुक्त रुपमा रिबन काटेर पसलको उद्घाटन गरे ।

                                                                                                                   Photo- Nepalgunj Gallery

५ प्रकारका सोधित माटोबाट हस्तनिर्मित यी भाँडाहरु नियमित प्रयोग गर्न मिल्ने गरी बलियो हुनुका साथै यी भाँडाहरुमा पकाईएका खानामा भएको पोषक तत्वहरू १००% नै संरक्षण हुने हुँदा स्वास्थ्यको लागि फाइदाजनक हुने पसलका प्रोप्राइटर काशिम सिद्धिकीले जानकारी दिए ।
सुर्खेत रोडस्थित महालक्ष्मी बैंक रहेको भवनमा खुलेको उक्त पसलको छेउमै केही समयअघि नेपालगन्ज मै पहिलो पटक ह्याण्डी क्राफ्ट सम्बन्धी मेटल , वुड र स्टोनको कलाकृतिहरू पाइने पसल सन् क्राफ्ट खुलेको थियो ।

२०७७ कार्तिक ९, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।