ब्रुनाईका राजकुमारको निधन

|

ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको उमेरमा शनिबार निधन भएको छ ।

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिएका अजिम ब्रुनाईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो छोरा हुन् ।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनाईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारबाट कुनै सूचना सार्वजनिक भएको छैन।

२०७७ कार्तिक ८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।