शनिबार बिहान १:२५ मिनेट जाँदा चक्कु प्रहार गर्दा २७ बर्षिय मानिसको निधन भएको छ ।
टेक्सस राज्यको टर्यान्ट काउन्टीको स्यानसम पार्क शहरमा घातक छुरा प्रहार गर्दा एक मानिसको मृत्यु भएको छ ।
स्यानसम पार्क स्थित एक बार (मध्यशाला)मा झगडा भित्र भएको थियो भने तर बाहिर सवारी साधन अड्डामा आए पछि मारपिट र छुरा हानाहान हुँदा युवाको मृत्यु भएको हो ।
उक्त घटना स्यानसम पार्क स्थित एट बल्स बिलियार्ड एण्ड बारमा भएको थियो ।
शनिबार बिहानै भएको उक्त घटनामा कैयौ मानिसहरु संलग्न रहेको अधिकारीहरुले बताए । उक्त मृतकको नाम सार्वजनिक गरिएको छैन भने उनको अस्पतालमा निधन भएको स्यानसम पार्कका प्रहरी प्रमुख क्यारोलिन गिल्मोरले बताइए ।
अझ सम्म पनि उक्त व्यक्तिलाई एकै व्यक्तिले छुरा प्रहार गरेका हुन् या अन्य अरुले पनि भन्ने थाहा नलागेको प्रहरीको भनाई छ । प्रहरी प्रमुखका अनुसार शनिबार बिहानको घटनामा थुप्रै व्यक्तिहरुसंग सोधपुछ र अनुसन्धान गरि रहेको उनले बताइन्।
उक्त मृतकको पहिचान उनका आफन्तहरुलाई गरे पछि मात्र टर्यान्ट काउन्टी चिकित्सा शव परीक्षण केन्द्रले गर्ने भएको छ ।
श्रोत :ईनेप्लिज