नेपालमा थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । नेपालमा थप २ हजार २२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी बागमती प्रदेशमा १ हजार २१७ जना संक्रमित थपिएका छन् ।

काठमाडौँ उपत्यकामा मात्र १ हजार ११० जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । यसै गरी २ हजार ८४६ जना निको भएका छन् ।

नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट ८४२ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालमा हाल ३०७ जना आइसीयूमा रहेका छन् भने ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ ।

२०७७ कार्तिक ८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।