बाँके। नेपालगञ्जमा ५० बर्षीय एक पुरुषको शुक्रवार राति कोरोना भाइरसका कारण मृत्यु भएको छ । उनी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजी निवासी हुन । शुक्रवार राति १० बजेतिर भेरी अस्प्ताल नेपालगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उनको मृत्यु भएको थियो ।
उनलाई असोज २६ गते कोरोना संक्रमन पुष्टि भएको थियो । उनी असोज २७ गते अस्पताल भर्ना भएका थिए । यो संगै बाँकेमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ ।
त्यस्तै बाहिरी जिल्लावाट बाँकेमा उपचारका लागि लगिएका थप १६ जनाको समेत मृत्यु भइसकेको छ । हालसम्म बाँकेमा कुल ४६ जनाको मृत्यु भइसकेको छ ।