कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्ने सम्पूर्ण तयारी पूरा : सञ्‍चारमन्त्री गुरुङ

|

काठमाडौ‌ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनिरहित  (क्लीनफीड) लागू गर्नका लागि तयारी पूरा भएको जानकारी गराएका छन् । कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्नेगरी तयारी कानुनी तथा संस्थागत तयारी पूरा भएको मन्त्री गुरुङले जानकारी दिए । 

नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गते भोलिसम्म रहेकोले त्यस दिनदेखि क्लिनफिडलाई पूर्णरुपमा लागू गर्न उहाँले आग्रह गर्नुभयो । २०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । त्यसको ठीक एक वर्षदेखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गतेभित्र विदेशी च्यानलमा विज्ञापनरहित क्लिनफिड प्रसारण गर्नुपर्नेछ । क्लिनफिड कार्यान्वयनमा आए/नआएको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्ने पनि मन्त्री गुरुङले स्पष्ट पार्नुभएको छ ।

मन्त्रालयका सहसचिव डिल्लीराज शर्माको अध्यक्षतामा विज्ञापन बोर्ड गठन भइसकेको छ । नवगठित विज्ञापन बोर्डले क्लिनफिड लागू भए/नभएको सम्बन्धमा अनुगमन गर्न आवश्यक तयारी पूरा गरिसकेको छ ।कात्तिक ८ गतेदेखि नेपालमा क्लिनफिड लागू नगर्ने कुनै पनि सेवाप्रदायकलाई कानुनअनुसार कारबाही गरिने पनि मन्त्री गुरुङले बताउनुभयो ।

२०७७ कार्तिक ६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।