पछिल्लो २४ घन्टामा ३,६३७ जनामा कोरोना संक्रमण

|

काठमाडौं । पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये झण्डै आधा काठमाडौं उपत्यकाका छन् ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ६ सय ३७ जनासहित देशभर कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १ लाख २ हजार ८ सय २० जना कोरोना मुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २१ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

२०७७ कार्तिक ६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।