पछिल्लो २४ घन्टामा ५७४३ जनामा कोरोना संक्रमण

|

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । संक्रमितमध्ये ९९ हजार ६ सय ५ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् भने ७ सय ९१ जनाको कोरोनाबाट ज्यान गएको छ ।

२०७७ कार्तिक ५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।