
काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिएपछि स्थगित कक्षा १२ को वार्षिक परीक्षा २०७७ मंसिर ९ बाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वैशाख ८ गतेदेखि हुने गरी तय भएको परिक्षा कोरोना महामारीका कारण आठ महिनापछि हुन लागेको हो ।
राष्ट्रिय परिक्षा बोर्डका अनुसार साधारण, संगीत, ललितकला र संस्कृत विषय र प्राविधिकतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परिक्षा पनि सञ्चालन हुनेछन ।
परिक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी गराउनुपर्ने छ । परिक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।
परीक्षा बोर्डबाट जारी कक्षा १२ को परीक्षा तालिका: