साहित सिह ठकुरीको “एन्जोल” गित सार्वजनिक

|

काठमाण्डौं / यथार्थ जिबन भोगाई तथा पारिवारिक उतार चढाव समेटिएको एन्जोल गित सार्वजनिक भएको छ । नेपाली पारिवारिक सन्देश बोकेको एन्जोल म्युजिक भिडियो बिलकुलै पारिवारिक सन्देश अनुसार हिजोआज परिवारमा हुने सन्देश बोकेर बनाइएको भिडियो एक परिवार श्रीमान श्रीमती र एक छोरी बिचको कथालाई लिएर उक्त भिडियो बनाएको सामाजिक अभियान्ता तथा कलाकार साहित सिङ ठकुरीले बताए ।

छोरिको माया र बाबाको पिडालाई लिएर बनेको भिडियो धेरैका घरमा यस्ता पिडा देखेको र आफुमा पनि मेल खाने भएकोले भिडियो बनाएको साहित बताउनु हुन्छ । पारिवारिक भएर पनि टाढिनु पिडा र बुवाको छोरी प्रतिको मायालाई लिएर भिडियो बनेको कलाकार ठकुरीले बताए । उक्त एन्जोल गित साहित सिहं ठकुरीको आफ्नै युटयुुब च्यानलबाट आज सार्वजिक भएको छ ।

एन्जोल गितमा शब्द रचना साहित सिङ ठकुरीको रहेको छ भने संगित ऋषि थापाको र स्वर सुरज कालाखेतिको रहेको छ । म्युजिक भिडियोमा कलाकार एन्जल सिङ ठकुरी, एशु श्रेष्ठ र स्वयं आफु नै अभिनय रहेको अनि गित बिलकुलै राम्रो र पारिवारिक रहेको साहित सिङ ठकुरीले बताए । यस गितमा साहित सिहं ठकुरीले छोरीको भुुमिका आफनै छोरीलाई अभिनय गराएका छन् ।

२०७७ कार्तिक ५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।