राष्ट्रपति भण्डारीबाट पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन काठमाडौं ।

|

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्‍न भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक कार्यक्रमकाबीच उद्घाटन गर्नु भएको छ ।

२०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गर्नु भएको थियो ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट ( शिखर ) शैलीमा पुनर्निर्माण गरिएको छ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

शिलान्यास भएको करिब पाँच वर्षपछि रानीपोखरी पुनर्निर्माणको काम पूरा भएको हो ।

राष्ट्रपति भण्डारीले पुनर्निर्मित दरबार हाइ स्कुलको पनि आजै उद्घाटन गर्ने कार्यक्रम रहेको छ र उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनु भएको छ ।

२०७७ कार्तिक ४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।