कोरोना संक्रमित २४ वर्षिय युवकको कोहलपुरमा मृत्यु

|
बाँके  / कोरोना भाइरस संक्रमित बेलाडी ५ कञ्चनपुरका २४ वर्षिय एक युवकको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मंगलबार साँझ ७:३० बजे मृत्यु भएको छ ।
उक्त युवकलाई ५ महिनादेखि मानसिक समस्या रहेको र ६ दिनअगाडि आत्महत्या गर्ने प्रयास गरेको पारिवारिक स्रोतले बताएको अस्पतालले जनाएको छ ।
असोज ३० गते अस्पताल भर्ना भएको उनमा कार्तिक ३ गते कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो ।
यस सङ्गै बाँके जिल्लामा बाहिरी जिल्लाबाट आई भर्ना भएर उपचारको क्रममा कोभिड – १९ काे सङ्क्रमणबाट मृत्यु भएकाको संख्या १५ पुगेको छ ।

२०७७ कार्तिक ४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।