चाड पर्व लक्षित क्यूआरटी परिचालन ।

|
नेपालगञ्ज /  जिल्ला प्रहरी कार्यालय बाँकेले चाड पर्व विशेष सुरक्षा योजना अन्तर्गत घटना थाहा पाएको ३० सेकेन्डमा परिचालन हुने गरी ‘क्यूआरटी’ (क्वीक रेस्पोन्स टीम) को आज धम्बोझीमा उद्घाटन गरिएको छ । नेपालगञ्जको धम्बोझी चाैक र कोहलपुर चौराहामा सेन्टर टीम परिचालन हुने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओमबहादुर रानाले बताउनुभयो ।
धम्बोझी चाैकमा तयारी अवस्थामा राखिएको १२ वटा मोटरसाईकल र एउटा भ्यान घटना भएको थाहा पाएको ३० सेकेन्डमै परिचालन हुने एसपी रानाले जानकारी गराउनु भयाे । रानाका अनुसार, जिल्लाभरीमा ३६ वटा मोटरसाईकल यसरी नै तयारी अवस्थामा राखिएको छ ।
धम्बोझी चाैकमै एउटा अर्को भ्यान पीडितको उद्धारकाे लागि पनि तयारी अवस्थामा राखिएकाे जानकारी गराउनु भएकाे छ । घटना थाहा पाएको ३० सेकेन्डमा नै मोटरसाईकल मुभ हुन्छ, प्रहरी भ्यान एक मिनेटमा मुभ हुन्छ, एसपी रानाले बताउनु भयाे । जिल्ला प्रहरी कार्यालय बाँकेले चाड पर्व लक्षित विभिन्न योजनाहरु सार्वजनिक गरिसकेको छ ।

२०७७ कार्तिक ४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।