बालविवाह न्युनिकरणका लागि स्थानीय सरकार उत्तरदायी र जवाफदेही हुनुपर्ने

|

नेपालगन्ज / बाल विवाह न्युनिकरणका लागि स्थानीय सरकार उत्तरदायी र जवाफदेही हुनु पर्ने स्याक नेपालका र्कमचारीले बताएका छन् । बाँके जिल्लामा बालविवाह न्युनिकरण कसरी गर्न सकिन्छ भनेर थप पैरवी योजना र थप नयाँ कार्यशैली र रणनीति योजना बारे नेपालगन्जमा सन्चालित दुई दिने पैरवी कार्यशालामा सो कुरा बताएका हुन् ।

बाँके जिल्लालाई बाल विवाहमुक्त बनाउन प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) नेपालले आफनो कर्मचारीको लागि २ दिने कार्यशाला संचालन गरेको हो । बाँके जिल्लामा बाल विवाह रोकथाम परियोजना अन्तर्गत बाँकेका आठ वटै स्थानीय तहमा बाल विवाह न्युनिकरणको कार्यक्रम संचालन गरिरहेको छ ।

सो कार्यशालामा बाल विवाह न्युनिकरणका लागि कसरी थप नयाँ तरिकाले स्थानीय सरकारसँग सन्वय र सहकार्य गर्ने, कस्तो रणनीति योजाना बनाई बढ्ने भन्ने बारे लगायतका बिषयमा सहजकर्ता सुुर्य न्यौपानेले प्रशिक्षण दिनुुभएको थियो । सोही कार्यशालमा नेपाल युवा परिषद प्रदेश नं. ५ का संयोजक तथा सन्चारकर्मी सोम गुरुङले पैरवीलाई कसरी प्रविधीसँग जोडेर अगाडि बढ्न सकिन्छ भनेर प्रशिक्षण दिनुभएको थियो । सो कार्यशालामा स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापा, स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे र प्लान ईन्टरनेशनल नेपालका परियोजना संयोजक आशा बुढाको सहभागिता रहेको थियो ।

२०७७ कार्तिक ४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।