लुम्बिनी प्रदेश सरकारले कोरोनाको लक्षण देखिएकालाई निःशुल्क उपचार गर्ने

|

बुटवल। प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभित्र रहेका चारवटा कोरोना विशेष अस्पतालबाट लक्षण देखिएका सबै कोरोना संक्रमित बिरामीको उपचार निशुल्क रुपमा भैरहेको जानकारी गराएका छन ।

लुम्बिनी प्रदेश सरकारले दाङको बेलझुण्डीमा कोरोना विशेष अस्पताल, रुपन्देहीको बुटवलस्थित धागो कारखानामा कोरोना विशेष अस्पताल सञ्चालन गरिरहेको छ। त्यस्तै,  भैरहवाको भीम अस्पताल, बाँकेको भेरी अस्पताल पनि सञ्चालनमा रहेको छ।

तर, प्रदेश सरकारले आर्थिक अवस्था राम्रो भएकाले कोरोना संक्रमण भएमा आफैँ उपचार गर्नुपर्ने नयाँ नीति लिएको छ। कोरोना संक्रमण नेपालमा सुरु भएपछि सरकारले यसको परीक्षण र उपचारमा व्यवस्थापन गरिरहेको छ। प्रदेशभर हालसम्म १२ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ।

मुख्यमन्त्री पोखरेलको फेसबुक स्टाटस :

२०७७ कार्तिक ३, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।