किशोर किशोरीहरुलाई जिबन उपयोगी सम्बन्धि २ दिने तालिम सम्पन्न

|

बाँके / युकेएडको आर्थिक सहयोग भिएसओ र ईन्टरनेशनल एलर्टको साझेदारीमा माहुरी होमद्धारा बाँके जिल्ला सन्चालित सहज परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ र वडा नं.२३ का किशोर किशोरीहरुलाई जिबन उपयोगी २ दिने तालिम प्रदान गरिएको छ ।

सो तालिमको सहजीकरण नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाका महिला बिकास अधिकृत मन्जु पाण्डे गर्नु भएको थियो । सो तालिममा जिबनउपयोग्ी सीपहरु, हिंसाका प्रकारहरु र लैगिक हिंसा न्युनीकरणका लागि बनेको कानुनी प्रावधान बारे प्रशिक्षण गरिएको थियो ।सो तालिममा नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ र वडा नं. २३ का किशोरी क्लबका पदाधिकारीहरु र सीमान्तकृत समुदायको युवाहरुको सहभागिता रहेको थियो ।

सो तालिम बैजनाथ गाउँपालिकामा सम्पन्न भईसकेको माहुरी होम सहज परियोजनाका कार्यक्रम अधिकृत सुनिता पोखरेलले जानकारी दिईन् । सो तालिममा सहभागी युवा देवा बहादुर खत्री र अर्का सहभागी युवा क्लबका हेमलता गुरुङले तालिमबाट ज्यादै नै जिबनउपयोगी सीप सिकेको बताए । सो तालिममा युवाहरुलाई जिबन उपयोगी सीप , कला बारे जानकारी दिईएको माहुरी होमका साामाजिक परिचालक सरु हमालले बताईन् ।

२०७७ कार्तिक ३, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।