हास्य कलाकार शिवहरी पौडेललाई मातृशोक

|

काठमाडौं । हास्य कलाकार शिवहरी पौडेललाई मातृशोक परेको छ । पौडेलले कात्तिक २ गते राती ११ बजेर ९ मिनेटमा एक सय बर्षको उमेरमा आफ्नो आमाको निधन भएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छन ।

उनले आफ्नो फेसबुकमा यसरी लेखेका छन, ‘दुखद् खवर लेख्न वाध्य भएं आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला ।’

२०७७ कार्तिक ३, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।