तामाङ सोसाईटी अफ अमेरिकाको नयाँ कार्य समिति गठन

|

न्युयोर्क
तामाङ सोसाईटी अफ अमेरिका (Tamang Society of America-TSA) को न्युयोर्कमा आज १० औ अधिवेशन सम्पन्न भयो ।

अध्यक्ष गोमा योन्जन को सभापतित्व र तामाङ समाज उत्तर अमेरिका, केन्द्रीय अध्यक्ष लक्यान लामा ज्यु को प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट छेमाङ लामा को नेतृत्वमा ११ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

कार्यक्रममा फिप्नाका अध्यक्ष लोक चेम्जोङ, एनआरएनए एनसिसि उपाध्यक्ष बाबुराम लामा र हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा विशेष अतिथिको रुपमा रहनु भएको थियो ।

संस्थाका संस्थापक अध्यक्ष सुवास लामा सहित पुर्व अध्यक्षहरु राम तामाङ, ईन्द्र तामाङ, भरत लामा, सुर्य तामाङ, शान्तबाबु थोकर को उपस्थित रहेको थियो ।

प्रमुख अतिथि लक्यान लामा ले छ्युमी बालेर उद्घाटन सत्रको उद्घाटन गर्नु भएको थियो भने कार्यक्रममा उपाध्यक्ष निमा गोलेले स्वागत मन्तव्य राख्नु भएको थियो ।

संस्थापक अध्यक्ष सुवास लामाले संस्थाको ईतिहॉस राख्नु भएको थियो भने व्शेष अतिथीहरु र प्रमुख अतिथिबाट शुभकामना सहित अध्यक्षले उद्घाटन सत्र समापन गरिएको थियो ।

अधिवेशनलाई दुई चरणमा विभाजन गरि सम्पन्न गरिएको कार्यक्रम उद्घाटन सत्रमा कोभिडको समयमा संस्थाले TSA Covid 19 Task Force बनाएर समुदायलाई सहयोग गर्ने कार्यक्रमा संस्थालाई सहयोग गरेका संस्थाहरु तामाङ समाज उत्तर अमेरिका, तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्निया, नेपाल जनजाती महॉसंघ, जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली एकता मंच, कोरोना विरुद्ध सेचेतना तथा सहयोग समुह, जीपी फाउण्डेशन अमेरिका लगायत संघ संस्था र व्यक्ति विशेषलाई धन्यवाद सहित प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो । त्यसै गरि संस्थालाई स्थापना काल देखि अनवरत रुपमा योगदान दिदै आई रहेकी संस्थाका सदस्य दोय माया लामा र रिन्जी तामाङ लाई प्रेसिडेण्ट अवार्डबाट सम्मान गरिएको थियो भने मिडिया मार्फत संस्थालाई सेवा गरे वापत मिडिया कर्मी निमा पाख्रिनलाई विशेष सम्मान गरिएको थियो ।

न्युयोर्क स्थित यस संस्था उतर अमेरिकाको अधिकारीक सदस्य संस्था हो, विधान कमिटीबाट विधान प्रस्तुत गरि छलफल र निर्णय गर्दै भरत राज लामा संयोजक र सदस्यहरु प्रेम स्या तान र उमा तामाङ रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया शुरु गरि २०२० देखि २०२२ सम्मका लागि छेमाङ लामाको नेतृत्वमा नयॉ कार्यसमिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएको हो ।

२०७७ कार्तिक २, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।