
काठमाडौं
सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालको तेस्रो तलाबाट हामफालेर एक युवकले आत्महत्या गरेका छन् ।
‘आज बिहानको घटना हो। अहिले मृत्यु भएको जानकारी आइसकेको छ,’ महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् ।
आज बिहान करिब ८ बजेर ४० मिनेटमा अस्पतालको तेस्रो तलाबाट हामफालेका २६ वर्षीय युवक रोशन खड्काको मृत्यु भएको हो।
सोलुखुम्बु घर भएका खड्का परिवार काठमाडौंको बानेश्वरमा डेरा गरी बस्दै आएका छन् ।
आइतवार साँझ शरीरमा आगो लगाएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी मानसिक रोगी भएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
उपचारको लागि अस्पतालमा रहेकी आमा औषधि लिन गएको बेला हाम फालेको प्रहरीले जनाएको छ ।