आज थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । देशभर आज थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको जानकारी दिनुभयो ।

त्यस्तै यस अवधिमा २ हजार ३ सय २६ जना कोरोनाबाट मुक्त भएका छन् । यो संगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको कारोनाबाट मृत्यु भएको छ। यी सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ।

२०७७ कार्तिक २, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।