बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने

|

बर्दिया / बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण बन्दाबन्दी अवस्थामा पनि भारतबाट लुकिछिपी आउने क्रम नरोकिएपछि यस्तो निर्णय गर्नुपरेको नगर प्रमुख गणेशबहादुर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार नगरभित्र कोही कोरोना सङ्क्रमित भेटिएका अवस्थामा बर्दियामा रहेको जिल्ला समन्वय समितिको भवनमा बनाइएको आइसोलेशनमा राखेर उपचार गरिने छ । शय्या सङ्ख्या अपुग भएमा कोरोना सङ्क्रमितलाई उपचार गर्नका लागि मधुवनमै आइसोलेशन वार्ड निर्माण गरिने जानकारी उहाँले दिनुभयो ।

२०७७ जेष्ठ १८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।