बलात्कारीलाई फाँसी दिनु पर्ने भन्दै कपिलवस्तुमा युवाको बिरोध प्रदर्शन

|

कपिलवस्तु / महिला हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रममा सावित्री सुवेदीले महिला तथा बालिका माथि हुने अन्याय अत्याचार विरुद्धमा आफू देशभरी आवाज बुलन्द पार्दै हिडेका छन् । उहाँले छोरी आफ्नै घरबाटै असुरक्षित भएकोले आफ्ना छोरी चेलीको सुरक्षा गर्ने आमाको अधिकार भएको बताईन् । निर्मला पन्त, सम्झना कामी, लगायतका छोरीहरुको बलात्कार पछि भएको हत्या र नारीहरु माथि हुने तेजाव आक्रमण विरुद्ध सरकार चुप लागेको र पुरुषको खेलौना मात्र भएका महिलाको हक अधिकार सुनिश्चित गर्न आवाज उठाएको जानकारी दिनुभयो ।

सरकारले यस्ता घटना माथि मौन भएर बसेको र छोरी चेलीहरुले जे पनि सहनु परेको गुनासो गर्दै अब देशका विभिन्न स्थानमा महिलाहरुलाई झक्झक्याउँदै सरकारमाथि न्याय खोज्न पहल गरेको बताउनुभयो । शनिबार कपिलवस्तुको चार नं. चोकमा भएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा “महिला हिंसा कहिलेसम्म हामी चुप जहिलेसम्म″ भन्ने मूल अभियानका साथ अगाडी बढेका महिलाहरुका हातमा खुलम्खुला बलत्कारी बनाउँदैछन् नेताजी, नारीको मन छुने गर शरीर हैन,बलात्कारीलाई फाँसी दे, सरकार केमा व्यस्त छ कुर्सी तान्न व्यस्त छ, यो दमनकारी राज्य हो बलात्कारी,नारीमाथि गिद्धे नगर नलगाउ, बालबिबाह गर्न बन्देज तर बलात्कार गर्न छुट हाम्रो नेपालमा जस्ता पम्प्लेटसँगै सरकार विरोधि नाराहरु लगाइएको थियो ।

सो कार्यक्रम नेपाल युवा परिषद् कपिलवस्तु शाखाको मुख्य आयोजना, ईआरसीको सह आयोजनाका साथै मेचीमहाकाली बुहारी संयुक्त आवाज, शान्ति आमा समूह लगायत १८ वटा संस्थाको सहकार्य रहेको थियो । सुनिता बेल्बासेको अध्यक्षता रहेको कार्यक्रम सुरक्षा तिवारीको संयोजनमा सम्पन्न भएको थियो ।

२०७७ कार्तिक १, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।