
बाँके / बास नेपालगन्ज उपशाखाको अध्यक्षमा युवा अभियान्ता ऋतिक शाही चयन भएका छन् । उपाध्यक्षमा सुगम सोनी, सचिवमा संगिता पाठक, सह सचिवमा सुनिता अधिकारी र कोषाध्यक्षमा सुभाष नाउँ रहेका छन् ।
सदस्यहरुमा देवा बहादुर क्षेत्री, मोहमद सलमान सल्मानी, ओजश्वी जोशी, बशन्ती खड्का, नानीमाया जैसी,द्रौपती बिस्ट, श्रृष्टि केसी, अन्जली कनौजिया, हरिस कुमार नाउ, जितेन्द्र ठाकुर, दिलिप कुमार बर्मा र मोनी गोडिा चयन भएका छन् । शाही अध्यक्षमा चयन भए पछि आफु सुशासन र भ्रष्टाचार बिरुद्धको अभियानमा सदैव लागि रहने बताए ।
सो नेपालगन्ज बास उपशाखाको प्रथम अबिधेशन शोभा थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अबिधेशनमा बासका अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, महासचिव शिब कुमार बर्मा लगायतको सहभागिता रहेको निर्वाचन अधिकृत हेमराज भट्टले जानकारी दिए ।